Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी नार्जो एन ५३ बजारमा

रियलमी नार्जो एन ५३ बजारमा


काठमाडौं । रियलमीले सस्तो मूल्यमा अत्याधुनिक प्रविधिको स्मार्टफोन ल्याएको छ । रियलमी नार्जो एन ५३ रियलमीको नार्जो लाइनअपमा सस्तो मूल्यमा ल्याइएको कम्पनीले जनाएको छ ।

प्रविधिको विकास र बढ्दो लोकप्रियतासँगै स्मार्टफोनको मूल्य दिनहुँ बढ्दै गइरहेको अवस्थामा सस्तो मूल्यमा नयाँ फोन ल्याएको कम्पनीले जनाएको छ । जेन एन प्रयोगकर्तालाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन ५३ ले शक्ति, पर्फर्मेन्स र स्टाइलको उच्चतम सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ । एन्ड्रोइड १३ मा आधारित रियलमी युआई सफ्टवेयरमा चल्ने यस नार्जो एन ५३ मा हरेक काम सहजरूपमा सम्पन्न हुने भएकाले यो फोनले एक वास्तविक पावरहाउसको अनुभूति दिने बताइएको छ । यो संयोजनले एफिसिएन्ट मल्टिटास्किङ क्षमता प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।

४६ जीबी एलपीडीडीआर ४ एक्स ¥याम भएकोले नार्जो एन५३ मा सिमलेस मल्टिटास्किङको लागि पर्याप्त मेमोरी रहेको बताइएको छ । त्यस्तै, यसमा भएको ६४÷१२८ जीबी स्टोरेजलाई दुई टीबीसम्म बढाउन सकिन्छ । एन ५३ को एआई लेन्सवाला ५० एमपी प्राइमरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट छ ।

यसका साथै आठ एमपी टियरड्रप नच फ्रन्ट क्यामेराको साथमा आकर्षक सेल्फीहरू लिन सकिनेछ । नार्जो एन ५३ मा छ दशमलव ७४ इन्चको एफएचडी आईपीएस एलसीडी डिस्प्ले रहेको छ । जसले फोन चलाउँदा एकदमै सहज र आनन्ददायक अनुभूति गराउने कम्पनीको दाबी छ । ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्प्लिङ रेटको साथ आएको यो नेक्स्ट–जेन क्विक एन ५३ मा ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज रहेको छ । रियलमी नार्जो एन ५३ को मूल्य १५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने ६ जीबी -याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया