नेपाली होटेल र मजदुर पलायनको समस्या
काठमाडौं । पर्यटन उद्योगलाई विश्वभरि ‘धुवाँरहित उद्योग’को मान्यता रहेको छ । नेपालमा पनि धुवाँरहित उद्योग फस्टाउँदो क्रममा रहेको छ । ‘धुवाँरहित उद्योग’अन्तर्गत हिमाल आरोहण, पदयात्रा, स्किइङ, बालुनिङ, कायाकिङ, जलयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, साइक्लिङ, जंगल सफारी, हाइकिङ, शिकार खेल्ने, चरा अवलोकन गर्ने, व्यवसाय गर्ने तथा पर्यटकलाई बस्न र खानका लागि चाहिने होटल, लज, मोटेल (नेपालमा मोटेल भए/नभएको पंक्तिकारलाई थाहा भएन), कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, घर–वास (होमस्टे) आदिलाई बुझिन्छ ।
अझ पर्यटनको परिभाषाले पदयात्रा, पर्वतारोहण अर्थात् जलयात्रा, बरफ आरोहण (एकदमै जमेको नीलो….देखिन्छ) आइस क्लाइम्बिङ, वन–जंगल घुम्ने/जंगल सफारी, निकुञ्ज घुम्ने, बन्जी जम्पिङ गर्ने, चरा अवलोकन गर्ने, माछा मार्ने, शिकार खेल्ने, हट एयर बालुनिङ गर्ने, जिप फ्लायर, चट्टान आरोहण–रक क्लाइम्बिङ, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाइकिङ, स्काइ डाइभ, हाइकिङ, हेलिकोप्टर टुर, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण अर्थात् कल्चरल टुर, औषधोपचार अर्थात् मेडिकल टुर, ध्यान–योग अर्थात् योगा पर्यटन, गाउँ अवलोकन भ्रमण (यस्तो भ्रमण कुनै जाति विशेषको बसोबास भएको ठाउँमा गरिन्छ) अर्थात् भिलेज टुर, सहर अवलोकन भ्रमण अर्थात् सिटी टुर, सम्पदा अवलोकन भ्रमण अर्थात् हेरिटेज टुर, मठ–मन्दिर, गुम्बा, चैत्य, छोर्तेन, मस्जिद पुराना मानवबस्ती तथा गुफा अवलोकन आदि स्थलको अवलोकन र भ्रमण आदिलाई पनि समेट्छ ।
हुन पनि होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, घरबास (होमस्टे) आदिलाई पर्यटनको मेरुदण्डकै रूपमा लिनुपर्ने हुन्छ । किनभने, कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बास बस्ने व्यवस्था हुन जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? कहाँ जाने भन्ने चिन्ता गर्छ । अथवा अर्को शब्दमा भन्नुपर्दा कुनै पनि मान्छेले आफ्नै देशभित्र आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त वा नातागोता कहाँबाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । अर्को महत्वपूर्ण कुरो, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर रात बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँग आबद्ध ‘विश्व पर्यटन संगठन (युएन डब्लुटीओ)’ को परिभाषामा भनिएको छ । यसरी हेर्दा आन्तरिक वा बाह्य पर्यटन बारेको परिभाषालाई हेर्दा वा बुझ्दा छिमेकी देश भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिउँसो एकैछिन (२–३–४–५ घण्टा) नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? किनभने बुद्ध धर्मका प्रवर्द्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने र सोही दिन भारततिरै बास बस्न जाने विदेशी पर्यटकलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? अब हामीले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।
जे भए तापनि पछिल्लोपटक नेपालको होटल उद्योगको कुरो गर्दा ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति/प्रगति भइरहेको देखिन्छ । कोरोना महामारी सुरु हुनुअघि नै नेपाली होटल क्षेत्रमा लगभग लगभग ११ खर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको भन्ने सम्बन्धित विषयका विज्ञको भनाइ रहेको छ । यस सम्बन्धमा सन् २०१८ मा केन्द्रीय तथ्याङ्क विभागले निकालेको एनालाइटिकल रिपोर्टअनुसार सन् २०१२/१३ मा १०७ वटा स्टार होटेल सञ्चालनमा रहेको थियो भने सन् २०१७/१८ मा स्टार होटेलको संख्यामा बढोत्तरी भएर १२५ वटा पुगेको थियो भने सन् २०१२–१३ मा पर्यटकस्तरीय होटेलको संख्या ७४६ वटा रहेको थियो भने सन् २०१७–१८ मा पर्यटकस्तरीय होटेलको संख्या पनि बढेर ९७७ वटा पुगेको थियो । बेड अर्थात् ओछ्यानको संख्याको तथ्याङ्क हेर्दा सन् २०१२/१३ मा स्टार होटेलको बेड संख्या नौ हजार ३७१ वटा रहेको थियो भने पर्यटकस्तरीय होटेलको बेड संख्या चाहिँ २२ हजार २८६ रहेको थियो । साथै, सन् २०१७/१८ मा स्टार होटेलको बेड संख्या पनि बढेर १० हजार ६९७ वटा पुगेको थियो । त्यस्तै, पर्यटकस्तरको होटेलको बेड संख्या पनि बढेर २९ हजार १३६ वटा पुगेको थियो । अहिलेसम्म (लगभग चार वर्षको अवधिमा) नेपाली होटेल क्षेत्रमा कम्तीमा पनि (स्टार तथा पर्यटकस्तरीय गरेर) ४२–४३ हजार बेड संख्या पुगेको अनुमान गर्न सकिन्छ ।
यसरी हेर्दा नेपालमा होटल तथा होटेलसँग सम्बन्धित उद्योग निर्माणमा तीव्र गतिमा प्रगति भएको देखिए तापनि होटल उद्योगमा काम गर्ने विभिन्न स्किल्ड कामदार (मजदुर)हरूको विदेश पलायनको रफ्तार चाहिँ लगभग ३० प्रतिशत पुगेको भन्ने हालै सहयोगी बिजमान्डू अनलाइनमा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ । यसरी नेपाली होटेल उद्योगका दक्ष कामदारहरू विदेश पलायन हुनुको मुख्य कारण चाहिँ सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनबाट फैलिन सुरु भएको कोरोना महामारी (कोभिड–१९) लाई मानिन्छ । किनभने जब कोरोना महामारीले तुरुन्तै विश्राम नलिएर विश्वव्यापी रूप लियो तब नेपालको मात्रै नभएर विश्वभरिकै होटेल तथा होटेल उद्योगका विभिन्न खालका जस्तै तारे होटल, लज, मोटेल, कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, घरबास (होमस्टे) तथा पर्यटकस्तरका अन्य स–साना होटेलका सञ्चालकहरूले आफ्नो होटेलमा काम गर्ने कामदारहरूलाई टिकाई राख्न नसकेपछि कसैलाई आधा तलब दिएर खटाए, कसैलाई बेतलबी बिदा दिएर राखे, कसैलाई पूरै बिदा दिएर राखे, कसैलाई हालसम्म खटेको तलब र सेवा सुविधा उपलब्ध गराएर कामबाटै बिदा दिए । जसले गर्दा दक्ष र अनुभवी होटेल कामदारहरू विदेशमा पलायन हुन बाध्य भए ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया