Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको निक्षेपमा आठ प्रतिशतले वृद्धि

बैंकिङ क्षेत्रको निक्षेपमा आठ प्रतिशतले वृद्धि


सुरेश राउत
काठमाडौं, वैशाख १६
बैंक तथा फाइनान्स कम्पनीहरुमा निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंकिङ क्षेत्रको कुुल निक्षेप आठ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप नौ दशमलव सात प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६ दशमलव एक प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको फागुन मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः आठ दशमलव तीन प्रतिशत, ३१ दशमलव चार प्रतिशत र ४९ दशमलव चार प्रतिशत अंश रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः आठ दशमलव पाँच प्रतिशत, ३३ दशमलव पाँच प्रतिशत र ४७ दशमलव पाँच प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव नौ प्रतिशत रहेको छ । २०७५ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १० दशमलव एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलव छ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७६ फागुनमसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४ दशमलव आठ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७६ फागुन मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५ दशमलव तीन प्रतिशत घरजग्गाको धितोमा र १३ दशमलव तीन प्रतिशत चालू सम्पत्ति अर्थात कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७५ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव नौ प्रतिशत र १४ दशमलव नौ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३ दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११ दशमलव तीन प्रतिशत, निर्माण क्षेत्रतर्फ ११ दशमलव छ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ नौ दशमलव नौ प्रतिशत र सेवा क्षेत्रतर्फ १४ दशमलव तीन प्रतिशतले कर्जा बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २१ दशमलव चार प्रतिशत, ओभरड्राफ्ट कर्जा छ दशमलव दुुई प्रतिशत, ट्रष्ट रिसिट अर्थात आयात कर्जा १२ दशमलव आठ प्रतिशत, डिमान्ड तथा चालू पुँजी कर्जा १० दशमलव चार प्रतिशत, रियल स्टेट कर्जा आठ दशमलव तीन प्रतिशत, मार्जिन प्रकृतिको कर्जा दुुई दशमलव दुुई प्रतिशत र हायर पर्चेज कर्जा शून्य दशमलव सात प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x