दोलखाका सबै क्रसर उद्योग बन्द
दोलखा । दोलखामा मापदण्ड विपरीत सञ्चालनमा रहेका सबै क्रसर उद्योगहरू बन्द भएका छन् । मुख्यगरी जिल्लाको तामाकोशी नदी आसपासमा मापदण्ड विपरीत सञ्चालनमा रहँदै आएका क्रसरहरू नयाँ आर्थिक वर्ष सुरु भएसँगै बन्द भएका हुन् ।
जिल्ला समन्वय समिति दोलखाको शुक्रबारको बैठकले सरकारले तोकेको मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयपश्चात् क्रसर व्यवसायीले क्रसर बन्द गरेका हुन् । यसअघि पनि समन्वय समिति र जिल्ला प्रशासनले नियम विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिए पनि क्रसर व्यवसायीहरू अटेर गरेर बसेका थिए । तर जिससको शुक्रबारको निर्णयलाई भने उनीहरूले सहयोग गर्न नभई काउन्टर दिनका लागि यसपटक आफैँले विज्ञप्ति निकालेर शनिबारदेखि क्रसर बन्द गरेका छन् । जिल्ला क्रसर व्यवसायी संघका संयोजक सन्तोष मैनालीले अनिश्चितकालको लागि उद्योग बन्द हुने बताए ।
जिल्लामा सञ्चालित कुनै पनि क्रसर उद्योगहरू नेपाल सरकारले तोकेको मापदण्ड पुगेका छैनन् । मापदण्ड नपुगेका, दर्ता नभएका कसर उद्योगहरू बन्द गर्ने निर्णयको विरुद्ध क्रसर उद्योग बन्द गरिएको मैनालीले बताए । सरकारले बनाएको मापदण्ड लागू गर्न नहुने अडानमा यहाँका व्यवसायी छन् । मापदण्ड बेगर नै क्रसर सञ्चालन गर्न पाउनुपर्ने मागबमोजिम उनीहरूले धुर्की देखाएर क्रसर बन्द गरेको यहाँका स्थानीय बताउँछन् । तर संघका अध्यक्ष मैनाली जिल्लाका क्रसर उद्योगहरू मापदण्डमा नपर्ने र अन्य ठाउँमा उद्योग स्थानान्तरण गरी सञ्चालन गर्न पनि भौगोलिक अवस्थाले गर्दा सरकारले तोकेको मापदण्ड पु¥याउन नसकिने बताउँछन् । जिससको निर्णय नसच्याएसम्म जिल्लाभरका क्रसर उद्योगहरू नखोल्ने उनको भनाइ छ ।
जिससका एक सदस्य भने मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरेर व्यवसायीहरूले आफूहरूको निर्णयलाई पालना गरेको बताउँछन् । ‘जसले बन्द गरे पनि मापदण्ड विपरीत रहेका क्रसर बन्द गर्ने नै हो । उहाँहरू आफैँले गर्नुभो, राम्रो भो’, उनले भने । राज्यको नियम कानुन सबैले पालना गर्नुपर्ने उनी बताउँछन् । अनेक बहानामा गैरकानुनी कार्य गर्नु नहुने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8
ताजा अपडेट
- हिमालयन लघुवित्तको नाफा एक करोड ३४ लाख
- थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
- निर्माण व्यवसायीलाई अघिल्लो वर्षको भुक्तानी दिन प्रधानमन्त्री सकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया