Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारमौद्रिक नीतिलाई सेयर बजारको ग्रिन सिग्नल 

मौद्रिक नीतिलाई सेयर बजारको ग्रिन सिग्नल 

६३ अंकले बढ्दा चार अर्ब ३७ करोड भन्दा बढीको सेयर खरिद बिक्री


काठमाडौं, चालु आर्थिक बर्षको मौद्रिक नीतिलाई सेयर बजारले ग्रिन सिग्नल दिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सिमालाई जोखिम भारको आधारमा परिपत्र मार्फत परिमार्जन गर्दै लैजाने नीति अघि सारे संगै यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

सोही कारण पनि हुन सक्छ सुरुवाती समयमा सामान्य अंकले मात्र बढेको सेयर बजार परिसुचक मौद्रिक नीति सार्वजनिक भए लगतै उच्च अंकले बढ्न थालेको थियो । सो अनुसार अन्तिम समयसम्म आईतबार बजार परिसुचक नेप्से ६३ दशमलव २४ अंकले उकालो लागेर २२ सय २७ दशमलव १६ बिन्दुमा पुगेर रोकिन पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १४ दशमलव ४१ अंकले उकालो लागेर चार सय २४ दशमलव ९३ बिन्दुमा कायम रहन सफल भएको छ ।

धितोपत्र बजारमा आज दुई सय ६६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७५ हजार ८६ पटकको कारोबारमा एक करोड दुई हजार तीन सय आठ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब ३७ करोड ५१ लख ९६ हजार तीन सय ३२ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो देखिएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया