मेटलाइफ फाउन्डेसन र वुमन एक्टको संयुक्त कार्यक्रम
काठमाडौं । सीमान्तकृत एवम् जोखिममा परेका महिलाहरूलाई मेटलाइफ फाउन्डेसन र वुमन एक्टले तालिम दिएका छन् । नेपालका सीमान्तकृत र जोखिममा परेका समुदायको पाँच हजारभन्दा बढी महिला उद्यमीका लागि दुई संस्थाले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् ।
यो कार्यक्रमद्वारा मेटलाइफ फाउन्डेसन र वुमन एक्टले महिला उद्यमीका लागि क्षमता अभिवृद्धि र नवप्रवर्तनलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास आयोजक कम्पनीको छ । यसले वित्तीय साक्षरता, बजारसम्बन्धी जानकारी र नेतृत्वका अवसरहरूलाई सहज बनाउन मद्दत गर्ने लक्ष्य राखेको मेटलाइपले जनाएको छ । यो आयोजना बागमती, मधेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका छ जिल्लाका नौ स्थानीय तहमा लागू गरिएको कम्पनीको भनाइ छ ।
सरकारी अनुदान, लघु कर्जा र सामाजिक–आर्थिक अवस्थामा बढेको उत्थानका कारण नेपालमा महिला उद्यमशीलता फस्टाउँदै गएको छ । सीमित गतिशीलता, उच्च निरक्षरता दर र व्यावसायिक सिप र बजार ज्ञानको कमीजस्ता चुनौतीले अझै पनि व्यवसायीलाई बाधा पु-याइरहेको भन्दै यस्ता कार्यक्रमबाट समस्या समाधानमा सहयोग मिल्ने विश्वास आयोजकको छ । उनीहरूलाई डिजिटल बिक्री र वित्तीय साक्षरता तालिमका साथसाथै व्यापार मोडल परिमार्जनमार्फत इ–कमर्स र अनलाइन लेनदेनको बारेमा जानकारी दिने कम्पनीको लक्ष्य छ । कम्पनीले सरकारी अनुदानमा सञ्चालित कार्यक्रमहरू, नीति, लघुवित्त र बीमा योजनाहरूको बारेमा पनि जानकारी दिनेछ । साथै, उनीहरूलाई अभ्यास नेटवर्कको समुदाय विकास गर्न र ज्ञान र उत्कृष्ट अभ्यासहरू, उपकरणहरू, चुनौती र नवीन उत्पादनहरू एकअर्कासँग प्रभावकारीरूपमा साझेदारी गर्न पनि मद्दत गर्ने कम्पनीको विश्वास छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया