पर्यटन उद्योगप्रति सरकारको उदासीनता
काठमाडौं । नेपाली अर्थतन्त्रमा एउटा दरिलो खम्बा पर्यटन उद्योग पनि हो । तर राज्यले यसलाई जुन हिसाबले प्राथामिकतामा राख्नुपथ्र्यो त्यो राखेको देखिँदैन । पर्यटन उद्योगलाई राज्यले प्र्राथामिकता दिन नसक्दा आज मुलुकको अर्थतन्त्र संकटोन्मुख हुन पुगेको सरोकारवालाको बुझाइ छ ।
पर्यटन विकासका लागि तत्कालीन अवस्थामा राजा महेन्द्रले पर्यटन उद्योगको विकासको प्रयास गरेको देखिन्छ । उनले तत्कालीन अवस्थामा होटल व्यवसायमा इन्डो फ्रेन्च मिस्टर चाल्र्सलाई नेपाल बोलाएर होटल व्यवसायको सुरुवाती गराएका थिए । जसलाई सो भ्यु होटलको नामबाट व्यवसाय सुरु गरेका थिए । रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायका लागि तत्कालीन सोभियत रुसबाट मिस्टर बोरिसलाई बोलाएर बत्तिसपुतलीबाट फास्टफुड तथा रेस्टुरेन्ट व्यवसायको सुरुवात गराएको पाइन्छ । त्यस्तैगरी केही समयपछि नेपालको पर्यटन उद्योग, व्यवसायको सम्भावनालाई मध्यनजर गरी एक युरोपेली नागरिक जो नेपालको लागि अतिप्रिय मानिन्छन्, टोनी हेगनलाई उनले नेपालको सुन्दरतालाई विश्वसामु पु-याएर आकर्षण बढाएर पर्यटनको विकास गर्नुपर्ने योजनासहितको अवधारण प्रस्तुत गरे भने त्यसको सार्थकता दिन डा. हर्क गुरुङ, कर्ण शाक्यजस्ता व्यक्तित्वहरू र राजा महेन्द्रको ज्वाइँ कुमार खड्क विक्रम शाहलगायतको अग्रसरता र प्रयासमा पर्यटन उद्योगको विकास हुँदै आज उनै व्यक्तित्वहरूको अनुशरण गर्दै विभिन्न पर्यटकीय स्थानमा पर्यटकस्तरदेखि तारे होटल तथा रिर्सोट सञ्चालनमा रहेको छ । त्यतिमात्रै नभएर यस आर्थिक वर्षमा मात्रै करिब १९/२० अर्ब लगानीमा होटल तथा रिर्सोट खुलेका छन् । मुलुकमा धेरै मात्रामा होटल तथा रिर्सोट, रेस्टुरेन्ट खुलेका छन् र खुल्ने क्रम जारी रहेको छ । पहिलाजस्तो सीमित स्थानमा मात्र पर्यटन तथा होटल व्यवसाय सञ्चालन थियो भने अहिले यसले व्यापक रूप लिएको छ । नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पनि नेपालमा पर्यटन क्षेत्रमा बढोत्तरीको संकेत गरेको पाइन्छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीले धेरै हदसम्म विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाएको बेलामा पर्यटन उद्योगलाई त झनै नराम्रोसँग थला पारेको अवस्था रहेको थियो र अहिले यस पर्यटन उद्योगमा सुधार आइरहेको छ । यो धेरै नै सकारात्मक पक्ष हो ।
तर सरकारको उदासीनता तथा कानुनी झैभमेलाका कारण केही होटल तथा रिसोर्ट बन्द अवस्थामा पनि रहेको छ । जस्तो सन् १९९० पछि विश्व बैंकको ऋण सहायतामा वित्तीय क्षेत्र सुधार कार्यक्रम भित्र्याइयो । जसमा नेपाल राष्ट्र बैंकको अहिलेको प्रशासनिक संरचना र नेपाल राष्ट्र बैंकको ऐन २०५८ लगायत बैंक तथा वित्तीय संस्था ऐनहरू र सरकारी लगानीका वाणिज्य बैकहरू विदेशी व्यवस्थापनलाई सञ्चालन गर्न र सुधार गर्न जिम्मा लगाएपछि गैरकानुनी रूपले भौतिक स्थिति विपरीत विना अध्ययनअनुसन्धान पर्यटन उद्योगको मुख्य पूर्वाधारको रूपमा रहेको होटलमाथि ऋण असुलीको नाममा धमाधम गला रेट्न थालियो । जसको उदाहरण हो, पोखराको पाँचतारे फूलबारी होटल रिर्साेट । जसलाई दक्षिण एसियाकै अनौँठो, राम्रो, उत्कृष्ट होटलको रूपमा लिइन्थ्यो । त्यस्तो होटललाई तत्कालीन नेपाल बैंकको व्यवस्थापनले सञ्चालन हुन नसक्ने अवस्थामा छोड्यो । तर पनि सर्वोच्च अदालतको आदेशले हालसम्म संरचना अर्थात् सम्पत्ति भने बँचेकै छ । यो एउटा उदाहरण मात्रै हो, राज्यले यस्तो कुरामा सरकारले पर्यटन व्यवसायमाथि न्याय गर्र्न सक्नुपर्छ । अन्यथा अर्थतन्त्रको नारा केवल नारामा मात्र सीमित हुन जानेछ ।
नेपालको पर्यटन व्यवसायमा आन्तरिक र बाह्यपर्यटक दुवैको धेरै महत्व रहेको छ । नेपालको विभिन्न पर्यटकीय स्थललाई विश्वसामु चिनाउन आन्तरिक र बाह्य पर्यटकको उत्तिकै महत्व रहेको छ । त्यस्तै, अहिले साहसिक खेलहरू बन्जीजम्प, राफ्टिङ, साइक्लिङ, रक क्लाइम्बिङजस्ता खेलहरूले पनि नेपालको पर्यटनको विकास र प्रवद्र्धनमा सहयोग पुगेको छ । पर्यटकको लागि नयाँनयाँ गन्तव्यको खोजी गरी पर्यटन क्षेत्रलाई ब्यापक बनाउन सकिन्छ र यसका लागि निजी क्षेत्रलगायत विभिन्न संघसंस्थाले पनि पर्यटनको विकास, विस्तार र प्रबद्र्धनमा व्यापार र विस्तृतरूपमा कार्य गरिरहेको छ । जब पर्यटन उद्योगको विकास हुन्छ तब.यसले पनि आर्थिक क्षेत्रलाई पनि चलायमान बनाउन मद्धत गर्दछ । त्यति मात्र नभएर विदेशी मुद्रा आर्जनको सबैभन्दा स्थिर र निरन्तरताको स्रोत हो । यसले पनि देशको विदेशी मुद्राको सञ्चितिमा पनि महत्वपूर्ण योगदान पुगेको पाइन्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान रहेका छ भन्ने कुरा प्रष्ट रहेको छ । आन्तरिक र बाह्य पर्यटनको लागि नयाँनयाँ गन्तव्य, नयाँनयाँ साहसिक खेलले पनि पर्यटन व्यवसायलाई आकर्षित गर्छ । त्यति मात्रै नभएर यस आर्थिक वर्षमा मात्रै करिब १९÷२० अर्ब लगानी होटल तथा रिर्सोटमा लगानी थपिएको छ । मुलुकमा धेरै मात्रामा होटल तथा रिर्सोट, रेस्टुरेन्ट खुलेका छन् र खुल्ने क्रम जारी छ । पहिलाजस्तो सीमित स्थानमा मात्र पर्यटन तथा होटल व्यवसाय सञ्चालन थियो भने अहिले यसले व्यापकरूप लिएको छ । नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पनि नेपालमा पर्यटन क्षेत्रमा बढोत्तरीको संकेत गरेको पाइन्छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीले धेरै हदसम्म विश्व अर्थतन्त्रलाई नै तहसनहस बनाएको बेलामा पर्यटन उद्योगलाई त झनै नराम्रोसँग थलापारेको अवस्था रहेको थियो र अहिले यस पर्यटन उद्योगमा सुधार आइरहेको छ । यो सकारात्मक पक्ष हो ।
नेपाल सरकार अर्थमन्त्रालयले यसपटकको बजेटमा पनि पर्यटनको उच्च सम्भावना बोकेका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बोकेका स्थानहरूजस्तै सिन्धुलीगढी, खोटाङको हलेसी महादेव, पाथिभरा, देवघाटलगायतको ठाउँहरूको प्रबद्र्धन र पूर्वाधारको विकास गर्न करिब दुई अर्ब तीन करोड बजेटको विनियोजनसमेत गरेको छ । यसले समेत के दर्शाउँछ भने नेपाल सरकारसमेत पर्यटन विकास र प्रवर्द्धन गर्न तल्लीन रहेको छ । तर कतिपय अवस्थामा पर्यटन उद्योगी, व्यवसायीले राज्यबाट प्राप्तगर्ने सेवा सुविधा, अनुदानमा धेरै कमीकमजोरी रहेको छ । जसले गर्दा कतिपय अवस्थामा पर्यटन व्यवसायी उदासीन भएको देखिन्छ ।
पर्यटन उद्योग आर्थिक विकासको निर्विकल्प स्रोत हो । यो अभिन्न स्रोत पनि हो । तर दुर्भाग्य के हुन पुग्यो भने २०४६ सालयताको राजनीतिक घटनाक्रमले देश सधैँ राजनीतिक खिचातानी र पदीय झगडामा दलदलबीच र दलभित्रै आन्तरिकबीचमा झैझगडा र तानातानमा रुमालियो । अर्थात् मुलुक राजनीतिक दलदलमा फस्यो । मुलुकमा विकास नभएको हँुदै होइन, खानेले खाएकै छन्, मानिसले कमाएकै छन्, जन्माउनेले जन्माएकै छन्, पद पाउनेले पाएकै छन् । तर जुन ढङ्गले देशको आर्थिक स्थायित्व हुनुपर्ने हो जुन तरिकाले प्राकृतिक स्रोत र साधनको प्रयोग, विकास, विस्तार र प्रसारण गर्नुपर्ने थियो । त्योचाहिँ हुन सकेन । अरू विकासभन्दा पर्यटन उद्योगको विकास फरक ढङ्गले हुनुपथ्र्याे र भएको कारण पनि नेपालको भौगोलिक सुन्दरताले भरिएको देशप्रति राजनीतक दल र नेपाल सरकारको ध्यान जानु जरुरी थियो ।
पर्यटन उद्योगलाई उदाहरण लिएर हेर्ने हो भने निष्र्कषमा के पुग्न सकिन्छ भने नेपाली नागरिक अर्थात् नेपाली जनता, नेपाली समाजको दुर्भाग्य हो । यसरी भन्नुपर्दा लाजमर्दो हुन्छ । तर सबैमा जगजायरै छ । पर्यटनसँग सम्बन्धित ऐन, कानुन र नियमले समेत ननस्टार तथा मझौला किसिमको होटल तथा पर्यटन व्यवसायीलाई त काहीँकतैबाट पनि सर्पोट र सम्बोधन हुन सकेको छैन । तसर्थ ऐन, कानुन, नियम, निर्देशिकालाई संशोधन गरेर भएता पनि ननस्टार तथा मझौला किसिमको होटल तथा पर्यटन व्यवसायीमैत्री र पर्यटन व्यावसायलाई प्रोत्साहन गर्नुपर्छ । अन्यथा यी र यस्ता प्रकारका व्यवसायी पलायन हुने अवस्था देखिन्छ । त्यसको केही ज्वलन्त उदाहरण नेपाली युवाहरू, युथ ब्लड आज अर्काको मुलुकमा अर्थात् विदेशी भूमिमा तल्लोस्तरको श्रमिकको रूपमा काम गर्न बाध्य भएका छन् । त्यो युवा जमातलाई हामीले नेपालको प्राकृतिक स्रोत र साधन, सौन्दर्यलाई विश्वको नागरिक आर्कषित गर्ने र देखाउने, घुमाउने र पर्यटन उद्योगको विकास गर्ने गर्नुपर्छ । तर यी कुरामा राज्यले न त नीति बनायो न त योजना नै बनायो । नीति योजनाको साथ नागरिकलाई अगाडि हिँड्न र बढ्न बाटो देखायो । राज्य, सरकार, राज्यको नेतृत्वले यो नगर्नु भनेको मुलुक, मुलुकवासी, आमनागरिक पर्यटन उद्योगको लागि दुर्भाग्य हो ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया