एक्सेल डेभलपमेन्ट बैंक १९ औँ वर्षमा
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले वित्तीय कारोबार सञ्चालन सुरुवात गरेको १८ वर्ष पूरा भई यही साउन ६ गतेबाट १९ वर्षमा प्रवेश गरेको हो । बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा २०८० श्रावण ५ गतेका दिन बिरामीको उपचारमा सहयोग पु-याउने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
रक्तदान कार्यक्रममा विभिन्न शुभेच्छुक व्यक्तिहरू, संघसंस्थाका पदाधिकारीहरू, बैंकका कर्मचारीबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा बिर्तामोडलाई प्रदान गरेको छ । सोही दिन बिहान बैंकको केन्द्रीय कार्यालयमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको थियो भने वार्षिकोत्सव कार्यक्रम औपचारिकरूपमा बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।
प्रादेशिक विकास बैंकको रूपमा रहेको यो बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया