सेतीखोला हाइड्रोपावरको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । सेतीखोला हाइड्रोपावर र कुमारी क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरको ६० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता—पत्रमा सेतीखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । सेतीखोला हाइड्रोपावर लिमिटेडको अधिकृत पुँजी एक अर्ब ५० करोड रूपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रूपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रूपैयाँ रहेको छ ।
सेतीखोला हाइड्रोपावर लिमिटेड विद्युत् उत्पादन गर्ने संस्थाको रूपमा वि.सं. २०८० आषाढ २९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फण्ड ११ रहेको छ । जसमा संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराललगायत पोखराका स्थानीयको रहेको छ ।
संस्थाको २२ मेगावाट क्षमता भएको वार्षिक उत्पादन क्षमता १३७ दशमलव १८ जीडब्लुएच रहेको छ र वि.संं. २०८१ श्रावण १३ गतेबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । यो आयोजना नेपालको कास्की जिल्ला पोखरा महानगरपालिका बडा नं.३३ मा अवस्थित छ । हाइड्रोपावरको कुल लागत पाँच अर्ब पाँच करोड रुपैयाँ रहेको छ । हाल आयोजनाको ५५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया