आपराधिक घटनाको संख्यामा कमी
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आपराधिक घटनाको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा आपराधिक घटनाको संख्यामा १३ दशमलव ३३ प्रतिशतले कमी आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आव २०७८/०७९ मा १९८ वटा आपराधिक घटना दर्ता भएकोमा गत आर्थिक वर्ष १७२ वटा मात्रै घटना प्रहरीमा दर्ता भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठका अनुसार गत आर्थिक वर्ष जिल्लामा सबैभन्दा बढी भवितव्य ज्यानका ७३ वटा घटना भएका छन् । यस्तै, आत्महत्याको ३७ वटा, यौनजन्य २५ वटा, अभद्र व्यवहार १४ वटा, चोरी तथा डकैती सातवटा र ज्यान मार्ने उद्योग चारवटा घटना भएको डीएसपी श्रेष्ठले बताए ।
सवारी भवितव्य ज्यान, जुवा, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव, हातहतियार खरखजना, ठगी, फुटकर ज्यान एक/एकवटा र कर्तव्य ज्यानका दुईवटा घटना भएको छ । सुरक्षाकर्मीको सक्रियता तथा नागरिकस्तरमा चेतनाको स्तर समेत बढ्दै जाँदा यस्ता आपराधिक घटनाको संख्यामा कमी आएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त भट्टराईले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरीद्वारा जुवातास खेलिरहेका २१ जना पक्राउ
- तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि
- अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
- सेयरबजार थप घट्ने सम्भावना कति ?
- विकास बैंकहरूको निष्क्रिय कर्जा बढ्यो
- निर्माण व्यवसायीलाई अघिल्लो वर्षको भुक्तानी दिन प्रधानमन्त्री सकारात्मक
- सरकारको प्राथमिकता नै युवालाई वैदेशिक रोजगारमा पठाउने
- देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया