Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीवीपी प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड

वीपी प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको छ । यसअघि गत असार २९ गतेबाट छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको प्रतिष्ठानले बिरामीको संख्यामा वृद्धि भएपछि आइतबारदेखि छुट्टै वार्ड सञ्चालनमा ल्याएको हो ।

प्रतिष्ठान र धरान उपमहानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको डेंगु क्लिनिकमा आठ सय १९ जनाको परीक्षण गर्दा छ सय १५ जना अर्थात् ७५ प्रतिशतमा डेंगु संक्रमण देखिएपछि छुट्टै डेंगु वार्ड सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पताल भवनमा (धर्मशालाको पूर्वपट्टि) हाललाई ३० बेडको छुट्टै डेंगु वार्डको व्यवस्था गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानको इमर्जेन्सीमा वा ओपीडीमा उपचारका लागि आएका डेंगुका बिरामीमध्ये सिकिस्त बिरामीहरूलाई आईसीयू, इमर्जेन्सी र अन्य वार्डमा उपचारार्थ राखिने छ । त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई सो वार्डमा भर्ना गरी उपचार गरिने पोखरेलले जनाए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया