कोकाकोलाको दक्षिणपश्चिम एसियाको भाइस प्रेसिडेन्टमा बथिजा
काठमाडौं । कोका–कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसियाको भाइस प्रेसिडेन्टको रूपमा नियुक्त गरेको छ । कोकाकोला कम्पनीमा अजयले २४ वर्ष मार्केटिङ र फ्रान्चाइजमा एक्स्पर्टिजका रूपमा काम गरेका छन् ।
सन् १९९९ मा अजयले हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । उनी २००५ मा स्याब्को भियतनाममा मेकोङ डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका थिए । यो निर्णायक भूमिकामा उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट–टु–मार्केट रणनीतिको नेतृत्व गरेका थिए । पछि उनले कोलाजका लागि मार्केटिङ डाइरेक्टरको रूपमा भारत फर्केर ‘सेयर अ कोक’ अभियानको नेतृत्व पनि गरेका थिए । उनले सफलतापूर्वक कोकाकोला जिरो सुगर पहिलोपटक (भारत र दक्षिणपश्चिम एसिया) बजारमा ल्याएका थिए । उनले एकीकृत मार्केटिङ अभियानमार्फत थम्स अपलाई पुनरुत्थान गर्न पनि महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ ।
यस्तै, सन् २०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा अजयले विश्वव्यापी रूपमा द कोकाकोला कम्पनीभित्र बंगलादेशलाई कोकाकोलाका टप तीन बजारमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया