Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२१ सय ६४ बिन्दुमा खुम्चियो सेयर बजार

२१ सय ६४ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएदेखि नैं लगातार ओरालो लागेको सेयर बजार परिसुचक आज मंगलबार पनि ३६ दशमलव १९ अंकले ओरालो लागेर २१ सय ६४ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६२ अंकले ओरालो लागेर चार सय ११ दशमलव १६ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ६७ वटा कम्पनीहरुको ५३ हजार पाँच सय ७० पटकको कारोबारमा ७७ लाख १६ हजार दुई सय ७७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ रुपैंयाँ ७१ पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुमहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया