बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा रहेका विभिन्न विधामध्ये सो पुरस्कारबाट सम्मानित भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिंह लामाले संयुक्तरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया