Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी हुने

सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी हुने


काठमाडौं । सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी हुने भएको छ । बिहीबारदेखि काठमाडौंको डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चार दिने प्रदर्शनी हुने भएको हो । आइतबारसम्म चल्ने प्रदर्शनीमा रोबोटको वार मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ ।

प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट हुने भएको छ । यसका साथै एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीले तयार पारेका विभिन्न प्रोजेक्टसमेत हेर्न पाइने आयोजकको भनाइ छ । प्रदर्शनीमा नवप्रवर्तनसम्बन्धी ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू रहने बताइएको छ । जसमा स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टिविहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम समेत रहेका छन् । यसैगरी कोलोनीका लागि आगलागीसम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चरसम्बन्धी प्रोजेक्टसमेत राखिने भएको छ । यसबाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

स्मार्ट फोहोर व्यवस्थापन प्रणाली, अण्डा कोरल्ने स्मार्ट सिस्टम, स्मार्ट डुङ्गा, स्मार्ट हाइड्रोपोनिक, सर्भिलेन्स मिलिट्री रोबोटलगायतका नवीनतम् परियोजनासमेत प्रदर्शनीमा देखिनेछन् । मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिने आयोजकको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया