काठमाडौं । बितेका केही दशकका बजेट हेरियो भने सबैको एउटै उद्देश्य व्यापारघाटा घटाएर सन्तुलनमा ल्याइने भन्ने उल्लेख पाइन्छ । संसद्मा बजेटबारे छलफल हुँदा पनि बजेट प्रस्तुत गर्ने सरकारसँग सबैभन्दा बढी सोचिने र चासोका साथ खोजिने विषय पनि यही हुन्छ । देशभित्र कतिपय वस्तुमा आत्मनिर्भरता बढाउने भनी घोषणा हुन्छन् । त्यसका लागि बजेट पनि विनियोजन हुन्छ । बजेटमा नै चालू वर्ष मलखादको अभाव हुन नदिने र त्यसले कृषि उत्पादनमा वृद्धि भई कम्तीमा कृषि उत्पादनमा आत्मनिर्भरता कायम हुने भनेर लेखिन्छ । तर भनेजसरी कहिल्यै पनि न आत्मनिर्भरता बढेको अवस्था देखियो न व्यापार घाटा घटेको अवस्था नै देखियो । यो सन्दर्भमा सरकारका घोषणाहरू कहिल्यै पनि पूरा भएका देखिएनन् । बरु उल्टो विगतमा आत्मनिर्भरता कायम भए पनि झन् पछिल्ला वर्ष परनिर्भरता बढ्दै गएको अवस्था देखिन्छ । यो भनेको सरकारी घोषणा र कार्यक्रम निरन्तर असफल हुँदै गएको अवस्था हो ।
व्यापारघाटा सन्तुलनमा नआए पनि घटाउन त सकिन्थ्यो होला भन्ने अवस्था भने झन् पछिल्लो वर्ष यो घाटा झन् बढ्दै गएको पाइन्छ । पछिल्लो समय घटेजस्तो देखिन्छ तर निर्यातको तुलनामा त्यो बढेकै हुन्छ । यसरी समग्र व्यापारको भोलममा आयात नै घट्यो भने अलग कुरा हो नत्र घाटा भने घटेको देखिँदैन । यो पक्षमा सरकार गम्भीर हुन जरुरी छ । हो, आर्थिक वर्ष २०७८/७९को तुलनामा बितेको आर्थिक वर्ष २०७९/८०मा नेपालको व्यापारघाटा करिब पौने तीन खर्ब (दुई खर्ब ६५ अर्ब रुपैयाँ) ले घटेको अवस्था प्रकट भएको छ । यति रकम घट्दा व्यापारघाटाको अंक साढे १४ खर्बमा झ-यो । तर यो समग्र निर्यातको अंकले घटाएको होइन अर्थात् निर्यातको अंक बढेर होइन । यो वर्ष कुल वैदेशिक व्यापारको अंक नै घटेको छ । वैदेशिक व्यापार तीन खर्ब ५१ अर्ब रुपैयाँले घटेपछि व्यापारघाटाको अंक पनि घट्न गएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार व्यापारघाटाको अंक १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ आर्थिक वर्ष २०७८/७९को तुलनामा १५ दशमलव ४५ प्रतिशतले कम हो । यो ठाउँमा तुलना गरिएको आर्थिक वर्ष २०७८/७९मा व्यापारघाटाको अंक १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ थियो । त्यो वर्षको तुलनामा निश्चय नै घाटा घटेको हो । तर व्यापारघाटा घटेको भनेर खुसी मान्नुपर्ने अवस्थाचाहिँ छैन ।
गएको आर्थिक वर्ष समग्र आयातित व्यापार घटेको अवस्था हो । त्यसले समग्र अर्थतन्त्रमा नै कस्तो उधुम ल्यायो भन्ने जगजाहेर नै छ । व्यापार अर्थात् आयात घटेपछि सरकारको आम्दानीमा नै धेरै ठूलो गिरावट आयो । सरकार साधारण खर्चसमेत आफ्नो आम्दानीबाट धान्न नसक्ने अवस्थामा पुग्यो । यो आर्थिक वर्षको सुरुमा नै विलासी वस्तुको आयातमा गरेको प्रतिबन्ध र नेपाल राष्ट्र बैंकले एक हजारभन्दा बढी वस्तु आयातमा प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण सरकारको आम्दानी घटेको भन्ने देखिएको छ । व्यापारघाटामा कमी आएको भन्दा सरकारको आम्दानी घटेको रकमको अंक ठूलो छ । त्यसकारण यता व्यापारघाटाको अंक घटेको भनी बताइरहँदा त्यसले दिने खुसी आम्दानीसँग जोडियो भने दुःखद् हुनेछ । आयात घटाएर होइन निर्यात बढाएर हुने सन्तुलनले मात्रै राज्यलाई फाइदा गर्नेछ । यी सबैकारणले व्यापार घाटा घटेको भनेर सरकार हौसिनु आवश्यक देखिँदैन । व्यापार नै घटेको अवस्थामा व्यापार घाटा घट्यो भनेर सरकार ढुक्क भएर बस्नु उचित देखिँदैन ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया