Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई ३६ : नयाँ डिजाइन, उत्कृष्ट प्रदर्शन

भिभो वाई ३६ : नयाँ डिजाइन, उत्कृष्ट प्रदर्शन


काठमाडौं । स्माटफोन खरिद गर्ने क्रममा डिजाइनदेखि लिएर उपलब्ध विशेषतालाई मध्यनजर गर्दै निर्णय गरिन्छ । आजको डिजिटल युगमा, स्मार्टफोनले विश्वसँग संवाद गर्न र जोडिन उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

सोही अनुरूप स्मार्टफोन किन्नु अघि ग्राहकहरूका लागि सूचित निर्णय लिन मद्दत पुगोस् भनेर स्मार्टफोनको डिजाइनको गुणस्तरदेखि प्रदर्शन र क्यामेरासम्म सबै पक्षहरूलाई लिएर भिभोको वाई सिरिजको नयाँ स्मार्टफोन वाई३६ को बारेमा यहाँ चर्चा गरिएको छ ।

आकर्षक डिजाइन : उत्कृष्ट डिजाइनको स्मार्टफोन आकर्षक देखिनुका साथै यसले प्रयोगकर्ताको अनुभव समेत बढाउँछ । स्मार्टफोनका फ्रेमहरू प्रायः बेवास्ता गरिन्छ । तर यसले उपकरणको समग्र प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्छ । भिभो वाई ३६ को फेन्टासी फ्रेमले वास्तविक तस्वीर र जीवन्त स्पर्श प्रदान गर्दछ । २.५डी फ्ल्याट फ्रेमको साथ यसमा उत्कृष्ट र मनमोहक देखिने स्लिक लाइनहरू छन् । प्रोफेसनल फोटोग्राफी स्मार्टफोनको विशेषता भएको ‘ट्विन–लेन्स रिफ्लेक्स’ को साथ मोडेल गरिएको डाइनामिक डुअल रिङ डिजाइनले प्रोफेसनल तस्वीरहरू खिच्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

यस्तै, वाई ३६ मा ६.६४ इन्चको डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा ९१ दशमलव छ प्रतिशतसम्मको स्क्रिन–टु–बडी अनुपातको साथ डच डिस्प्ले पनि छ । स्क्रिनको शीर्षमा रहेको वाई ३६ को सानो क्यामेरा नट्चले फोनमा चलचित्रहरूको आनन्द लिन मद्दत गर्छ । वाई ३६ को नाजुक क्रिस्टल ढाँचाले समग्रमा एक परिष्कृत परिणाम दिन्छ । वाई ३६ को डिजाइनले गोल्डेन रिपल प्रक्रिया समावेश गर्दछ । जसले प्रिमियम क्रिस्टल ग्लासको साथमा पानीको रिप्पल इफेक्टजस्तै रंगहरूको असंख्य आकर्षणहरू प्रदान गर्दछ । वाई ३६ मा कर्भड डिजाइनको सहायताले गोलो र नाजुक आकार दिइएको साथै यसमा स्मुद लाइनहरू र आकर्षक एपियरेन्स पनि रहेको छ ।

यसका साथै मेटालिक ग्रिड ढाँचामा सामान्य कालो रंगमा एक स्पार्कलिङ इफेक्ट प्रदान गर्दै यसले मिटियर ब्ल्याक टेक्सचरलाई थ्री डाइमेन्सनल बनाउँछ । भिभोले वाई ३६ लाई दुई जीवन्त रंगहरू भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा ल्याएको छ ।

उत्कृष्ट पफमेन्स : भिभो वाई३६ स्मार्टफोनको कार्यसम्पादन र उपयोगितामा उल्लेखनीय सुधार गरिएको छ । स्मार्टफोनमा ४४ वाटको फ्ल्यास चार्ज रहेको छ । जसबाट प्रयोगकर्ताहरूले छिटो समयमा स्मार्टफोन चार्ज गर्न सक्छन् । यसमा विशाल ५०००एमएएच ब्याट्री पनि छ, जसले दिनभर चार्ज टिक्ने कम्पनीको दाबी छ । स्मार्टफोनको ब्याट्रीको आयु बढाउन सुपर चार्ज पम्पसँग इम्बेड भएको २४ डाइमेन्सन सेक्युरिटी प्रोटेक्सन विस्तार गरिएको कम्पनीले जनाएको छ । ८ जीवी + ८ जीवी एक्सटेन्डेड ¥यामको प्रयोगले यस स्मार्टफोनको कार्यसम्पादन क्षमतामा सुधार गर्ने कम्पनीको दाबी छ । यो स्मार्टफोनमा धेरै विन्डोज र दिनभर मल्टिटास्किङलाई समर्थन गर्न उच्च गति रहेको बताइएको छ ।

सुपेरियर क्यामेरा : वाई सिरिजको नयाँ मोडल वाई ३६ मा ५० एमपीको मुख्य क्यामेरा रहेको छ । यस्तै, दुई एमपी बोकेह क्यामेराको सहायताले म्याक्रो फोटो खिच्दा ब्लर नगरी डिटेल सट निकाल्न सकिन्छ । औरा स्क्रिन लाइट यसको अर्को हाइलाइट हो, जसले स्क्रिनमा सफ्ट, जेन्टल इलुमुनेसन प्रदान गर्छ । भिभो वाई३६ मा १६ एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेरा रहेको छ । फ्रन्ट पोट्र्रेट क्यामेराले यसको विभिन्न क्यामेरा सुविधामार्फत तस्वीरको टोनिङ र एक्सपोजर बढाउन मद्दत गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया