Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिनेरोयल : सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क

सिनेरोयल : सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क


काठमाडौं । नेपालगञ्जमा तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयल सञ्चालनमा ल्याइएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्जमा तयार गरिएको अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीका लागि नयाँ ढोका समेत खोलेको बताइएको छ ।

यसले नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई पनि परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको सिनेरोयलका सञ्चालक डा राहुल थापा बताउँछन् । उनका अनुसारमा तीन ओटा अडिटोरियममा ५६० सीटका साथ सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । सञ्चालक डा थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रूपमा यो रंगमञ्च तयार भएको सिनेरोयलले जनाएको छ । यो सिनेमा हलमा अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ ।

यसैगरी प्रक्षेपण प्रणालीमा बेल्जियमको २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङको ३ बीम गेट–डी थ्रीडी प्रणाली रहेको छ । यसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्ने बताइएको छ । नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । साथै, यहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया