Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसबी र फिनबोट्सबीच सहकार्य

एसबी र फिनबोट्सबीच सहकार्य


काठमाडौं । एसबी सोल्युसन्सले सिंगापुरस्थित फिनबोट्स डट एआईसँग सहकार्य गरेको छ । दुई कम्पनीबीच एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफार्म क्रेडिट एक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरू वित्तीय संस्थाले एआईको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्ने बताइएको छ । फिनबोट्सको एआई क्रेडिट एक्सले क्रेडिट स्कोरिङमा पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । सही डेटा, छोटो समय र प्रोडक्ट तुलनात्मकरूपमा सस्तो पनि रहेकाले क्रेडिट एक्स धेरैले रुचाएको कम्पनीको दाबी छ ।

फिनबोट्स डट एआईका संस्थापक तथा सिइओ सञ्जय उप्पालले कम्पनीको लक्ष्य एआईमा आधारित क्रेडिट स्कोरिङ फिचर नेपाली वित्तीय संस्थालाई दिएर सशक्तीकरण गर्ने रहेको बताए । यस सहकार्यले क्रेडिट अन्डरराइटिङको प्रक्रियालाई पनि सहज पु-याउने दुवै कम्पनीको विश्वास छ । यस प्रोडक्टको प्रयोगमार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीको दाबी छ ।

क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्ने बताइएको छ । एसबी सोल्युसन्सका संस्थापक तथा सीईओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसबी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्यप्रति एकदमै हर्षित रहेको जनाएका छन् ।

एसबी सोल्युसन्स र फिनबोट्स डट एआई दुवै एआई–सञ्चालित क्रेडिट स्कोरकार्डहरूको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्थाहरू, नियामकहरू र उद्योग सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । यसले, देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन मद्दत गर्ने कम्पनीको बुझाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया