दुई सय ९१ घरेलु उद्योग लमजुङमा दर्ता
लमजुङ । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । यस अवधिमा तीन सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ दुई सय आठ नयाँ दर्ता भएका छन् भने पाँच सय १८ को नवीकरण भएको छ ।
कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा दुई सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ चार सय आठ नयाँ दर्ता भएका थिए भने तीन सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ । आव २०७८/७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए ।
आव २०७७/७८ मा नौ सय ७०, आव २०७६/७७ मा छ सय ६९, आव २०७५/७६ मा चार सय ६८ आव र २०७४/७५ मा दुई सय ६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटारलगायत स्थानमा उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले बताइन् ।
जिल्लामा हालसम्म पाँच हजार छ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने पाँच हजार तीन सय ४५ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ । थापाका अनुसार दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया