ह्याप्पी चिल्ड्रेन होमलाई लायन्स क्लबको सहयोग
काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका क्लबहरूले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिस्ट्रिक्ट ३२५ जेको रिजन १२, जोन ३ र ४ अन्तर्गत रहेका क्लबहरूले चामल, ग्यास, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र स्टेसनरी सामग्रीहरू प्रदान गरेका क्लबले जनाएको छ । जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले आगामी दिनमा संस्थासँग मिलेर सांगीतिक कार्यक्रम गरी ह्याप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताए ।
रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सनहरू लायन रोशनकुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा ४० हजार बराबरको सहयोग गरिएको क्लबले जनाएको छ । यो कार्यमा लायन्स क्लब अफ काठमाडौं अटो नेपाल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल, लायन्स क्लब काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं वनस्थली, लायन्स क्लब अफ काठमाडौं न्यु इन्नोभेटिभ र जामाचो टोखा लियो क्लबको साथ थियो । आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्यअनुरूप ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताइन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया