काठमाडौं । सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्था संशोधन गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ । धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाले कम्पनीका सञ्चालकले पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको खरिदबिक्री गर्न रोक लगाएको छ । सो व्यवस्था संशोधन गर्न माग गर्दै चेम्बरले अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराएको हो । सिंहदरबारमा अर्थमन्त्री डा महतलाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको छ । चेम्बरद्वारा अर्थमन्त्री डा महतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवम् संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था व्यवसाय अनुकूल छैन ।’
कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउनका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायीलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ । सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले आग्रह गरेको छ ।
बोर्डले गरेको व्यवस्था भारतलगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ । आफूसँग भएको सेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बरको ध्यानकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
- भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो
- नेता निधिद्वारा जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप
- जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली
- पेस्तोलसहित एक युवा रानीवनबाट पक्राउ
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
- एनआईसी एसिया लघुवित्तद्वारा व्यवस्थापन तालिम प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया