Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभत्केको सडक मर्मत गर्न करार कर्मचारी !

भत्केको सडक मर्मत गर्न करार कर्मचारी !


दोलखा । जिल्लाका दुईवटा गाउँपालिकाले वर्षायाममा भत्केका सडकको मर्मत सम्भार गर्न करार कर्मचारी नियुक्त गरेका छन् । बैतेश्वर र विगु गाउँपालिकाले सबै वडामा साउनदेखि असोज महिनासम्मको लागि सडक मर्मत गर्न कर्मचारी नियुक्त गरेको हो ।

वर्षाद्को समयमा ग्रामीण सडकमा सवारी आवतजावत गर्न समस्या नहोस् भन्ने उद्देश्यले वडावडामा सडक हेरालु राखिएको बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । असार, साउन र भदौमा बढी मात्रामा वर्षाको पानी, भल र पहिरोले सडक बिग्रिने, भत्किने भएकाले सामान्य खालको समस्या हल गर्नका लागि सडक हेरालुको व्यवस्था गरिएको उनले बताए । प्रत्येक वडामा सडक हेरालुको व्यवस्था गरिएको अध्यक्ष लामाको भनाइ छ । बैतेश्वले २२ जनालाई सडक हेरालुमा नियुक्त गरेको छ । स्थानीयलाई रोजगारी पनि हुने, सवारीलाई पनि आवतजावत हुन सहज हुने कारणले सो व्यवस्था गरेको पालिका अध्यक्ष लामाले जानकारी दिए । उनीहरूले आफ्नो वडाको सडकको खाल्डाखुल्डी पुर्ने, पानीको भलको व्यवस्था गर्ने र जटिल खालको पहिरो गएमा वा सडक अवरुद्ध भएमा सम्बन्धित निकायमा जानकारी गराउने तथा नाली काट्ने काम गर्नेछन् ।

त्यसैगरी विगु गाउँपालिकाले आठवटा वडाका लागि १८ जना सडक हेरालुमा राखेको छ । सडक हेरालुले बिहान ९ः३० देखि बेलुकी ६ बजेसम्म काम गरेबापत दैनिक ७०० पारिश्रमिक पाउने गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया