Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड

चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड


काठमाडौं  । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । राजधानीमा आइतबार सम्पन्न संघको ४४ औँ वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

उनी यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । यस्तै, संघको अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्ष राम थापा, द्वितीय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपककुमार पौडेल, उपमहासचिव धिरज गोल्छा र कोषाध्यक्ष रतनलाल केडिया चयन भएका छन् । संघको निवर्तमान अध्यक्ष भने डा सुबोध कुमार गुप्ता हुन् । यस्तै, साधारणसभाले विभिन्न निर्णय पनि गरेको छ । धान आयातमा एक प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन सरकारसँग मिलेर भारत सरकारसँग धान आयातको लागि पहल गर्ने, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी संघले कच्चा र तयारी दालमा कम्तीमा दुई तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको प्रोत्साहन कायम गर्न पहल गर्ने, तयारी दाल आयात रोक्न पहल गर्ने, दाल निकासी गर्दा लाग्ने प्रति केजी एक रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने, तोरीको तेलमा भ्याट हटाउन पहल गर्नेलगायतका निर्णय गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया