पाकिस्तानमा बम विस्फोट, ३९ जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा ३९ जनाको मृत्यु भएको छ । साथै दर्जनौँ घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्य मन्त्री रियाज अनवरले एएफपीसँग भने, ‘विस्फोटपछि अस्पतालमा लगिएकामध्ये ३९ जनाको मृत्यु भइसकेको छ भने एक सय २३ जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।’ प्रान्तीय गभर्नर हाजी गुलाम अलीले मृतकको संख्याको पछिल्लो विवरणलाई पुष्टि गर्दै सरकारले आक्रमणमा संलग्न व्यक्ति र समूहबारे गहन अनुसन्धान सुरू गरिसकेको बताएका छन् । समाचार तयार पार्दासम्म आक्रमणको कुनै व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तानसँग सीमा जोडिएको खार सहरमा यसै वर्षको अन्त्यमा हुनलागेको निर्वाचनअघि हुनलागेको जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको अनुमान प्रहरीको प्रारम्भिक अध्ययनबाट देखिएको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया