Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहराएका २१ दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २१ दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका तथा चोरी भएका २१ वटा दुईपाङ्ग्रे सवारी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १३ वटा मोटरसाइकल र आठवटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । योसँगै साउन महिनामा मात्रै २९ वटा सवारी धनीलाई जिम्मा लगाइसकेको भट्टले बताए । यस्तै, चोरीको मोटरसाइकलसहित साउन १२ गते काठमाडौंको तारकेश्वर नगरपालिका पाँच गुम्बाबाट नियन्त्रणमा आएका एक जनालाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको उनले जानकारी दिए ।

कार्यक्रममा उनले सवारी चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न आग्रह गरे । सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया