सार्वजनिक कार्यक्रममा खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध !
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले सार्वजानिक कार्यक्रममा खादा तथा ब्याच प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले खादा र ब्याजका लागि बर्सेनि लाखौँ रकम बाहिरिएको भन्दै सो निर्णय गरेको हो ।
पालिकाले खादा तथा ब्याजको सट्टा स्थानीय उत्पादनलाई जोड दिने निर्णय पनि गरेको छ । यसबाट रोजगारी सिर्जना गर्ने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । अतिथि सत्कारका लागि प्रयोग हुने खादाका कारण अत्यधिक बजेट बाहिरिने भएकाले स्थानीय उत्पादन फूलमाला, धजुरा, फुर्का, ढाकाटोपी, सललगायत प्रयोगमा जोड दिइने उनको भनाइ छ । गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नै सो कुराको उल्लेख गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । उनले भने, ‘हामीले आफ्नै मौलिक उत्पादनलाई बढावा दिन पनि यो अभ्यास थालेका हौँ, बाहिरबाट आउने खादा रोक्न सकियो भने मात्रै पनि धेरै फजुल खर्च बचत हुन्छ भन्ने हाम्रो मान्यता हो, जसका लागि हामी आफैँले सुरुवात गर्नुको विकल्प छैन ।’
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 8
ताजा अपडेट
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
- भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो
- नेता निधिद्वारा जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप
- जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ: प्रधानमन्त्री ओली
- पेस्तोलसहित एक युवा रानीवनबाट पक्राउ
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
- एनआईसी एसिया लघुवित्तद्वारा व्यवस्थापन तालिम प्रदान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया