Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ अफर ल्याएको छ । जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने नयाँ अफर सार्वजनिक गरेको हो ।

एनसेलका ग्राहकले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने आजियाटाले जनाएको छ । प्याकको समयावधि तीन दिनको रहने पनि कम्पनीले जनाएको छ । ग्राहकले कुनै डेटा भोल्युम सीमाविना तीन दिनसम्म कुल पाँच घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउने बताइएको छ । ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स३ ह्यास डायल गरी यो प्याक लिन सक्ने बताइएको छ । त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिने एनसेलले जनाएको छ । सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकका लागि यो बिन्दास डेटा प्याक उत्तम विकल्प हुने एनसेलको दाबी छ ।

हालै मात्र कम्पनीले बिन्दस भ्वाइस प्याक पनि ल्याएको छ । जसमा ग्राहकले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्ने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया