Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारएकदिन पनि टिकेन बजारको उकालो यात्रा 

एकदिन पनि टिकेन बजारको उकालो यात्रा 

२८ अंकले ओर्लिदा झण्डै दुई अर्बको सेयर किनबेच


काठमाडौं । सेयर बजारको उकालो यात्रा एक दिन पनि टिक्न सकेन । अघिल्लो दिन झण्डै छ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार २८ दशमलव ५९ अंकले ओरालो लागेर दुई हजार ७७ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १३ अंकले ओरालो लागेर तीन सय ९६ दशमलव ७२ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ६२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४० हजार आठ सय ३७ पटकको कारोबारमा ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार आठ सय ९९ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्च लिमिटेड (नेप्सें) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया