Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोप-२८ मा राष्ट्रपति पौडेललाई निमन्त्रणा

कोप-२८ मा राष्ट्रपति पौडेललाई निमन्त्रणा


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन कोप-२८ मा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको छ ।

आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले मंगलबार राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले जानकारी दिए ।

राष्ट्रपति पौडेललाई विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राजदूतले हस्तान्तरण गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया