Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा


काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्डअन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिकरूपमा सार्वजनिक गरेको छ । क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी विनबाट तयार गरिएको हो । जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ । कफी प्रेमीहरूका लागि ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हुने बताइएको छ ।

कम्पनीका अनुसार उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् । कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी डिपार्टमेन्ट स्टोरहरू, दराज तथा किराना पसलमा खरिद गर्न सक्ने बताइएको छ । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया