Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस निरौला नियुक्त

‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस निरौला नियुक्त


काठमाडौं । नेपाली युवाहरू मिलेर बनाएको राइडिङ सेयर एप सवारीको ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ‘कक्रोज’ नियुक्त भएका छन् । काठमाडौँमा सोमबार सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै निरौलालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

हाल काठमाण्डौँ, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ सेयर एप बनाएको भए पनि सवारी एपले देशका विभिन्न प्रमुख सहरहरूमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसाबले सञ्चालनमा ल्याएको जनाएको छ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसँग अनलाइन सेवा लिन सकिने बताइएको छ । कार्यक्रममा निरौलाले बजारमा आएका विभिन्न राइडिङ सेयर एप भए पनि ती विदेशी लगानी र उत्पादन भएकाले त्यसबाट नेपाली रकम बाहिर जाने गरेको बताए । साथै, उनले सवारी नित्तान्त नेपाली युवाले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे । आफू सवारीको प्रचारप्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै उनले सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पूर्ण सन्तुष्टी दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार दीपक आचार्य ‘काकु’ले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पु¥याउने उल्लेख गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न आग्रह गरे । यस्तै, कलाकार नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ सेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए । ती कम्पनीहरूले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नाम गराउन विभिन्न कार्य गर्न सक्नेतर्फ इंगित गर्दै उनले त्यसप्रति चनाखो हुुनुपर्ने बताए । सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न पनि उनले सुझाव दिए । नेपाली युवाहरू प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल मिलेर यो सेवा सुरुवात गरेका हुन् । सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरूले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया