Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल–भारत यातायात सेवा सञ्चालनमा कठिनाइ

नेपाल–भारत यातायात सेवा सञ्चालनमा कठिनाइ


काठमाडौं । बसपार्कको प्रबन्ध नहुँदा नेपाल–भारतको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध जोड्ने कडीको रूपमा रहेको स्थलमार्गबाट सञ्चालन हुने यातायात सेवा प्रवाहमा कठिनाइ देखिएको छ । खुला सिमानाका कारण वार्षिक लाखौं भारतीय पर्यटकहरू स्थलमार्ग हुँदै नेपालमा आवतजावत गर्नेगरेका छन् । तर सिधा नेपाल–भारत चल्ले सवारी सञ्चालन गर्न सुविधायुक्त बसपार्क अभावका कारण कठिनाइ उत्पन्न भएको बताइएको छ । नेपाल–भारत सिधा चल्ले सवारीको अभावले दुवै देशमा आवतजावत गर्ने नागरिकलाई धेरै सवारी फेरबदल गर्नुपर्ने बाध्यता रहेको छ । दुई देशको बीचमा सहज आवातजावत यातयात प्रणालीलाई विकसित गर्न नेपालले सुविधासम्पन्न बसपार्क निर्माण गर्नुपर्ने स्वयम्भु मञ्जुश्री यातायात प्रालिका अध्यक्ष छिरिङ शेर्पा बताउँछन् ।

उनका अनुसार भारततर्फ भने सुविधाजनक प्रबन्धसहितको बसपार्क रहेको छ । स्वयम्भु मञ्जुश्री यातायात प्रालिले हाल नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गरिरहेको छ । नेपाल–भारत मैत्री बस सेवालाई भरोसायोग्य गरी राष्ट्रिय अर्थतन्त्र र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने हेतुले दुवै देशका कार्यकारी प्रमुखले सो बस सेवाको उद्घाटन गरेका थिए । कम्पनीले हाल काठमाडौंको स्वयम्भुबाट यातायात सञ्चालन गरिरहेको अध्यक्ष शेर्पाले बताए । एसियाली मुलुकमा भारतले आर्जन गरिरहेको उन्नतिलाई नेपालले पनि सिक्दै मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय अभिभारालाई योगदान गर्ने आकांक्षासहित कम्पनी स्थापना भएको बताइएको छ । सवारी पार्किङ(बसपार्क)को असुविधाले समस्या परेको उनको गुनसो छ । बसपार्क नहुँदा भारतीय पर्यटकलाई समेत नकारात्मक सन्देश जाने उच्च सम्भावना बढेको उनले बताए ।

दीर्घकालीन आर्थिक समृद्धिका लागि पनि बसपार्क सञ्चालन आवश्यक रहेको उनले बताए । कम्पनीका सल्लाहकार दिपक पुन मगर नेपालको पूर्व, दक्षिण र पश्चिममा लगभग १८५० किलोमिटरभन्दा बढीको सिमाना भारतसँग जोडिएकाले यहाँ घनिष्ठ भाषिक, धार्मिक र सांस्कृतिक सम्बन्ध समेत रहेको बताउँछन् । यसले गर्दा नेपाल–भारत सम्बन्ध जीवन्त रहनुपर्ने उनको भनाइ छ ।

स्वयम्भु मञ्जुश्री यातायात प्रालिले हाल २८ वटा बस सञ्चालन गरिरहेको छ । यस्तै, सातवटा थप गरिएको र ४० वटा थप्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । ७५ वटा सुविधायुक्त यातायातको व्यवस्था गर्ने कम्पनीको लक्ष्य रहेको संस्थापक अध्यक्ष लाक्पा शेर्पाले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया