Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राजस्वको लक्ष्य भेट्न इमान्दार हुनु जरुरी’

‘राजस्वको लक्ष्य भेट्न इमान्दार हुनु जरुरी’


बीरगञ्ज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे लक्ष्यअनुसारको राजस्व संकलन गर्न कुनै समस्या नहुने बताएका छन् । सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको बिहीबार निरीक्षण गर्ने क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने उल्लेख गरे ।

आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भए पनि बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटेको अवस्थामा प्रश्न उठ्नु स्वाभाविक रहेको उनले बताए । ‘हामीले यथेष्ट काम गरेनौँ, हामी जिम्मेवार भएनौँ, हामीले आँखा चिम्ल्यौँ अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दियौँ भने राजस्व कम उठ्छ’, उनले भने । जायज कुरालाई नजायज बनाउन थालियो, सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनले बताए । ‘राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्वपूर्ण भूमिका हुन्छ । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ’, उनले भने ।

यसैगरी उनले सुक्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि उपयोगमा आउन नसकेको बताए । ‘उपयोगमा किन आएन कसैलाई थाहा छैन, अरूले सहयोग नै गर्न चाहेनन् । यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो, प्रविधि भनेको कामलाई सहजीकरण गर्ने हो, जाँचपास विधिलाई सहज बनाउने हो, त्यसलाई ग्रहण गर्नुपर्छ, त्यसलाई अपग्रेड गर्न स्रोतको कमी हुँदैन तर तपाईंहरूले सहयोग गर्नुपर्छ’, उनले भने ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया