ओपो ए ७८ नेपालमा
काठमाडौं । ओपो ए ७८ नेपालमा सार्वजनिक गरिएको छ । कम्पनीले यो फोन महत्वपूर्ण अपग्रेड समावेश भएकोले चार वर्षसम्म निर्वाधरूपमा चल्नेगरी बनाएको कम्पनीले जनाएको छ । कम्पनीले मात्र ३२ हजार नौ सय ९९ रुपैयाँमा पाइनेगरी बिहीबार यो फोन नेपालमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो फोनमा सुपर फास्ट ६७ वाट सुपरभोकटिएम फ्ल्यास चार्ज र ठूलो पाँच हजार एमएएच ब्याट्री राखिएको छ । यो फोन मात्र ४४ मिनेटमा १०० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । साथै, ओपोले ए७८ मा चार्जिङ सुरक्षा र विश्वसनीयता बढाउन डिजाइन गरिएका विशेष प्रविधिहरूको शृंखला पनि ल्याएको छ । ओप्पोको ब्याट्री हेल्थ इन्जिनले ए७८ को ब्याट्रीको आयु १६०० चार्ज र डिस्चार्ज साइकलसम्म विस्तार गर्न मद्दत गर्ने बताइएको छ ।
यसको मूल्य क्यामेरा ५० एमपीको रहेको छ । साथै, यसमा डुअल–भ्यु भिडियोलाई अगाडि र पछाडिका दुवै क्यामेराबाट एकैसाथ सुट गर्न र फुटेजलाई एउटै फ्रेममा जोड्न प्रयोग गर्न सकिन्छ । यो फोन स्न्यापड्रगन आर ६८० मोबाइल प्लेटफार्मद्वारा सञ्चालित छ । फोनमा ८ जिबी ¥याम र २५६ जिवी रोम रहेको छ भने एसडी कार्ड स्लटमार्फत एक टिबीसम्मको अतिरिक्त भण्डारण रहेको छ । साथै, यसमा ओप्पोको -याम एक्सपेन्सन टेक्नोलोजी पनि समावेश छ, जसको प्रयोगले फोनलाई भारी–लोडको अवस्थामा सहजरूपमा चलाउनका लागि अधिकतम आठ जीबी ¥याममा अस्थायीरूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया