Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएसएस फाउन्डेशनको दोलखाका पहिरोपीडितलाई सहयोग

एसएस फाउन्डेशनको दोलखाका पहिरोपीडितलाई सहयोग


काठमाडौं । बिहीबार दोलखाको गौरीशङ्कर गाउँपालिका-७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले रु. एक लाख सहयोग गरेको छ । फाउन्डेशनले मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनमार्फत यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

समाजसेवी सुन्दर प्रकाश खड्का र फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठले विपद्का बेलामा सबैले सहयोग गर्नुपर्ने पवित्र उद्देश्यका साथ पहिरो पीडितलाई उक्त रकम हस्तान्तरण गरेको बताए ।

पहिरोमा यज्ञको साढे दुई वर्षको नातिको मृत्यु भएको थियो भने उनीसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए । हाल काठमाडौँको यज्ञको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको हो ।

“फाउन्डेशनले यसअघि पनि दोलखामा समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएको छ । हामी विपद्मा परेकालाई सहयोग गर्न सधैँ तत्पर हुनेछौँ”, फाउन्डेशनका संरक्षक सोभित उप्रेतीले भने । फाउन्डेशन शिक्षा, स्वास्थ्य र विपद्का समयमा सेवा गर्ने उद्देश्यले स्थापना भएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया