Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार३८ दशमलव ३७ बिन्दुले ओर्लियो सेयर बजार

३८ दशमलव ३७ बिन्दुले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ३८ दशमलव ३७ अंकले ओरालो लागेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५२ अंकले ओरालो लागेर तीन सय ९२ दशमलव शुन्य दुई बिन्दुमा खुख्चिएको छ ।

धितोपत्र बजारमा आज दुई सय ६५ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६१ हजार नौं सय १७ पटकको कारोबारमा ८० लाख सात हजार तीन सय ६१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ रुपैंयाँ ५५ पैसा कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया