काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ, बाग्मती प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । हलेसी तुवाचुङ नगरपालिका उप–प्रमुख रमेशकुमार राउतको प्रमुख आतिथ्यमा ललितपुरको लुभुमा अधिवेशन सम्पन्न गरिएको हो । अधिवेशनले समन घिमिरेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा साजन देउजा, सन्तोष सापकोटा र सुमन कट्टेल चयन भएका छन् । त्यस्तै, संघको महासचिवमा प्रकाश श्रेष्ठ, सचिवमा प्रकाश तामाङ, कोषाध्यक्षमा कुशल पोखरेल र सदस्यमा विपिन कुइँकेल, हरिश महर्जन, नवराज खड्का, साजन फैजु र प्रवल तिमिल्सिना चयन भएको संघका केन्द्रीय सचिव दिनेश बजगाईँले जानकारी दिए । उनका अनुसार समिति निर्माण प्रादेशिक संरचनामा गइसकेको र प्रत्येक जिल्लामा यसको विस्तारको तयारी भइरहेको छ । अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष सिमान्त उदाश, सचिव बजगाईँलगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितले स्केटिङ तथा स्केट बोर्डिङ साहसिक खेल भएकाले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भए पनि यसको आकर्षण र फाइदा भने निकै रहेको उनहरूको भनाइ थियो । संघको हालसम्म पाँचवटा प्रदेश र ४४ वटा जिल्लामा शाखा खुलिसकेको सचिव बजगाईँले जानकारी गराए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया