Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुने

इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुने


नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । आगामी भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायनसेससम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार विद्युतीय, विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित यो प्रदर्शनीको दोस्रो संस्करण हो । मिडिया स्पेस सोलुसन्स्, एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि र इभेन्ट्स प्रालिको संयोजकत्वमा मेला आयोजना हुन लागेको हो । यो प्रदर्शनीले आधारभूतरूपमा तीन सोचहरू प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजन गर्न खोजेको छ । यी तीन सोचबाट नेपालमा विद्युत्, विद्युतीय उपकरण, घरबारमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने बताइएको छ ।

नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रको राजस्व सन् २०२३ मा अमेरिकी डलर ३६ करोड पुग्ने प्रक्षेपण गरिएको थियो । इलेक्ट्रोनिक्स क्षेत्रमा सन् २०२७ सम्ममा प्रयोगकर्ताको संख्या एक दशमलव ३९ करोड पुग्ने अपेक्षा गरिएको छ । उपभोक्ताहरूले प्रयोजन गर्ने इलेक्ट्रोनिक्स सामानहरू एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिजको माग बढेको छ । जसका कारण पनि यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा सरोकारवालाहरू ध्यानाकर्षण हुने बताइएको छ । नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय उपमहाद्वीप (भारत वर्ष) का सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकको विश्वास छ ।

प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने बताइएको छ । आयोजकका अनुसार प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क गराइएको छ । साथै विद्युत्, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइने बताइएको छ । यस्तै, प्रदर्शनीका लागि दर्ता खुला भइरहेको पनि आयोजकले जानकारी गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया