काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ७ गते मौैद्रिक नीति सार्वजनिक गरेपछि निरन्तर घटेको सेयरबजार गतसाता बुधबार उच्च अंकले बढेर रङ्ग परिवर्तन गरेको छ । मौद्रिक नीति सार्वजनिक हुँदै गर्दा ६३ अंकले बढेर २२ सय २७ अंक पुगेको सेयरबजार त्यसयता १४ करोबार दिनमा दुई सय ११ अंकले घटेको थियो ।
निरन्तर घटेको सेयरबजारमा गतसाताको अन्त्यतिर उच्च अंकको ब्रेक लागेपछि लगानीकर्ता बजारको ओरालो यात्रा अब रोकिन्छ कि भन्ने आशामा छन् । किनभने बजारले यसबीचमा दुई हजार विन्दुको मनोवैज्ञानिक रेखालाई परीक्षण गरेर फर्किएको छ । तर, विश्लेषकहरूले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा वितरणयोग्य मुनाफा घटेकाले बजारको प्रवृत्ति थप अध्ययन गरेर निर्णय लिनुपर्ने स्थिति देखिएको बताएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दै गएमा आशावादी हुन सकिने विश्लेषकहरू बताउँछन् । त्यसका लागि थप एक/दुई दिनको बजार हेर्नुपर्ने तर्क उनीहरूको छ ।
त्यसो त सेयरबजार २०७९ असारदेखि नै साइडवेज प्रवृत्तिमा छ । त्यसयता बजार अधिकतम २२ सय विन्दु र न्यूनतम १८ सय विन्दुको बीचमा रहेको छ । बैंकमा तरलता सहज भएको अवस्थामा भदौमा बैंकहरूले ब्याजदर घटाए भने बजारले साइडवेज प्रवृत्तिमा माथिल्लो रेखालाई ब्रेक गरेर माथितिर जाने सम्भावना हुने विश्लेषण गरिएको छ ।
गतसाता अन्तिम दुई दिन बजार बढेको भए पनि समग्रमा २३ दशमलव ७९ अंकको गिरावट छ । दुई हजार ८९ विन्दुबाट खुलेको बजार दुई हजार ६६ विन्दुमा झरेको छ । बुधबार ४१ अंक र बिहीबार पाँच दशमलव १३ अंकले बढेको थियो । आइतबार साताकै उच्च दुई अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने मंगलबार साताकै न्यून एक अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भयो । सातामा औसत दैनिक एक अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । १० अर्ब ८० करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोे छ । बजार पुँजीकरण ३० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।
गतसाता होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै २ दशमलव २९ प्रतिशतले बढेको छ । वाणिज्य बैंक समूह भने सबैभन्दा बढी २ दशमलव ७४ प्रतिशतले घटेको छ । इमर्जिङ नेपालको सेयरमूल्य सबैभन्दा धेरै ११ दशमलव १४ प्रतिशतले बढेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ११ दशमलव शून्य ४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योन्स अगाडि छ । यसको ८८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया