Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको सर्भिस सेन्टर पोखरामा

रियलमीको सर्भिस सेन्टर पोखरामा


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिस गिरीले नेपालभर छरिएर रहेका कम्पनीका सेवाग्राहीलाई राम्रोस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेको जानकारी दिए । रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकलाई राम्रोस्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाइमा पु-याएको बताए । सेवा केन्द्रमा अत्याधुनिक प्राविधिक सहयोग र असली पार्ट–पुर्जाहरूलगायत सफ्टवेयरसम्बन्धी मर्मत सेवाहरू पाइने बताइएको छ । कम्पनीका अनुसार सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरू छन् ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै फोनमा आइपर्न सक्ने जुनै पनि समस्याको चुस्त र सहजरूपमा समाधान गर्ने उद्देश्यको साथ सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ । रियलमीले कम मूल्यमा फ्ल्यागसिपस्तरका सुविधाहरू प्रदान गर्दै आएको छ । पोखराको चिप्लेढुङ्गास्थित मोबाइल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ने कम्पनीले जनाएको छ । ग्राहकले आधिकारिक रियलमी वेबसाइट र एपमार्फत अनलाइन पनि सपोर्ट पाउन सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया