Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजानकी फाइनान्सको खुद मुनाफा चार करोड १५ लाख

जानकी फाइनान्सको खुद मुनाफा चार करोड १५ लाख


काठमाडौं । जानकी फाइनान्सले आर्थिक वर्ष २०७९/८० मा चार करोड १४ लाख ८० हजार ५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने फाइनान्सको यस्तो नाफा ११ करोड २८ लाख २० हजार एक सय ७८ रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले आव २०७९/८० मा तीन अर्ब ४८ करोड ९१ लाख ७१ हजार २८ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १४ करोड ६८ लाख २८ हजार चार सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड आठ लाख ३३ हजार दुई सय ४८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १८ दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५४ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने फाइनान्सले तीन अर्ब २७ करोड ९९ लाख ७१ हजार नौ सय ८८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७० करोड ८१ लाख १३ हजार दुई सय २४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७३ लाख ९७ हजार सात सय ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया