Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउन्नति सहकार्य लघुवित्तको खुद मुनाफा ७६ लाख

उन्नति सहकार्य लघुवित्तको खुद मुनाफा ७६ लाख


काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ४९ हजार सात सय तीन रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड पाँच लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार छ सय १८ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब १२ करोड ४३ लाख ८५ हजार छ सय २६ रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब २९ करोड ८० लाख ६६ हजार पाँच सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड सात लाख ३६ हजार दुई सय ४४ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ५९ लाख ६६ हजार सात सय ६८ रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब १८ करोड ८३ लाख १८ हजार ४४ रुपैयाँ रहेको संस्थाले अघिल्लो आवमा भने तीन अर्ब ५३ करोड १६ लाख ६६ हजार छ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ८५ लाख ७८ हजार तीन सय ९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया