Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी लघुवित्तको खुद मुनाफा ऋणात्मक

लक्ष्मी लघुवित्तको खुद मुनाफा ऋणात्मक


काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा आठ करोड ३० लाख ६४ हजार तीन सय ६५ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा भने संस्थाले १५ करोड ९० लाख ९० हजार छ सय ९३ रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार एक सय रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब ३२ करोड ४४ लाख ६१ हजार छ सय १३ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७६ करोड ८० लाख २२ हजार पाँच सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३६ करोड ६९ लाख ९७ हजार चार सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने छ करोड ९० लाख ९८ हजार दुई सय ८६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २१ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५५ करोड १५ लाख छ हजार एक सय सात रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७० करोड ६४ लाख ५८ हजार सात सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ५३ करोड ४३ लाख ५४ हजार नौ सय ११ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा १३ करोड १४ लाख ५७ हजार ७८ रुपैयाँ रहेको संस्थामा चार दशमलव ८७ प्रतिशत स्प्रेडदर रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया