Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलकडाउन विस्तारै खुकुलो बनाउँदै लैजान नाडाको आग्रह

लकडाउन विस्तारै खुकुलो बनाउँदै लैजान नाडाको आग्रह


काठमाडौं, वैशाख १८
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आवह्वान गरेको लकडाउनलाई विस्तारै खुकुलो पार्दै लैजान आग्रह गरेको छ । जनताको स्वास्थ्य रक्षाको लागि लकडाउन आवश्यक भए पनि लकडाउनको अवधि थपिँदै गएसँगै अन्य विभिन्न समस्याहरु पनि थपिँदै गएकोले आम नागरिककै सर्वोपरी हितका लागि लकडाउनलाई केही खुकुलो बनाउनुपर्ने नाडाले जनाएको छ ।

नाडाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको ठूलो चुनौती हुँदाहुँदै पनि युरोपेली मुलुकहरुले आम जनताको दैनिकी र आफ्नो अर्थतन्त्रलाई केही चलायमान बनाउन लकडाउनलाई केही खुकुलो बनाउँदै लगेको भन्दै नेपालले पनि यस्तै नीति अवलम्बन गर्नुपर्ने बाध्यात्मक अवस्था देखिएको जनाएको छ । लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका भन्दै नाडाले उनीहरुलाई आफनो उद्योग व्यवसायबाट नै वञ्चित हुनुपर्ने अवस्थाबाट जोगाउन सरकारलाई राहत प्याकेजसहितको ६ बुँदे सुझाव समेत प्रस्तुत गरेको छ ।

अटोमोबाइल उद्योग, वर्कशप, शो रुम र कार्यालयमा कार्यरत कर्मचारीलाई दिनुपर्ने तलवका विषयमा नेपाल उद्योग वाणिज्य महासंघले तय गरेअनुसार लकडाउन अवधिको न्यूनतम तलब तथा ज्याला अधिकतम ५० प्रतिशत भुक्तानी गर्ने गरी व्यवस्था गनुपर्ने र श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने नाडाको सुझाव छ ।

भन्सारपरिसरमा भएका सवारीसाधन तथा स्पेयस पार्टस लगायतका वस्तुहरुमा लाग्ने डेमरेज चार्ज मिनाहा गर्न तथा भारत तथा तेस्रो मुलुकबाट आयातको क्रममा रहेको कन्टेनरहरुको, कन्टेनर डिटेन्सन चार्ज पनि शतप्रतिशत मिनाहा गर्न पनि नाडाले सरकारसंग आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको हालै प्रकाशित निर्देशन अनुसार दुई प्रतिशत बैंकको ब्याज घटाउने निर्णय सकारात्मक र उत्साहजनक रहेको भन्दै नाडाले बैंकहरुले पनि यो उत्तरदायित्व बुझेर आ–आफनो तर्फबाट पनि केही छुटको घोषणा गर्नुपर्ने र व्यवसायको संरक्षणका लागि बैंक ब्याजको किस्ता तिर्ने समयावधि छ महिनासम्म थप गरिनुपर्ने माग गरेको छ ।

भ्याटको किस्ता वैशाख २५ गतेसम्म बुझाउनुपर्ने व्यवस्थालाई जेठ २५ गतेसम्म पु-याउनुपर्ने, देशको अर्थतन्त्रलाई केही चलायमान बनाउन वैशाख २६ गतेदेखि व्यापार व्यवसाय र उद्योग क्षेत्रलाई सुरक्षित बनाउँदै आफ्नो व्यापार व्यवसाय सञ्चालनको लागि लकडाउन खोल्नुपर्ने नाडाले सुझाव छ । लकडाउन खुलेपछि नाडाले आफ्नो व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षित भएर सामाजिक दूरीलाई अवलम्बन गर्न आफ्ना सदस्य कम्पनीहरुलाई जानकारी गराउने उद्देश्यले सुरक्षा अवधारणा बनाएर अघि बढ्ने पनि जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x