निर्माण व्यवसायीद्वारा सडक र सिँचाइ विभागमा तालाबन्दी
काठमाडौं । आन्दोलनरत निर्माण व्यवसायीले सडक र सिँचाइ विभागमा तालाबन्दी गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण व्यवसायीले तेस्रो चरणको आन्दोलनअन्तर्गत आइतबार दुईवटा विभागमा तालाबन्दी गरेका हुन् ।
आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएका हुन् । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी) नेतृत्वको टोलीले सिँचाइ विभागमा ताला लगाएको थियो । महासंघका अनुसार सिँचाइ विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)सहित ४६ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ गरिएकालाई केही घण्टा जाउलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको थियो । सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीले मूल गेटअगाडि तीन घण्टा धर्नासहित नाराबाजी गर्दै व्यवसायीको माग पूरा गर्न सरकारसँग माग गरेका थिए ।
धर्ना कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले सरकारी उदासीनताका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताए । ‘सरकारी संयन्त्रबीचकै समन्वय अभावका कारण निर्माण व्यवसायीले ठूलो मार खेप्नु परेको छ’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग काटिएको लाइन जडान गर्न आग्रह
- गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री भण्डारी
- मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
- २६ सय १७ बिन्दुमा खुम्चियो शेयर बजार
- प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै
- ‘कर्मचारी दर्पण’ लोकार्पण
- फोनपोइन्ट्ससँग इ–सेवाको प्रारम्भिक साझेदारी
- मिथिला थालीमा रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया