Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारतीन दशमलव ६१ अंकले खुम्चियो सेयर बजार

तीन दशमलव ६१ अंकले खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १४ दशमलव ८१ अंकले उकालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने तीन दशमलव ६१ अंकले ओरालो लागेर दुई हजार ७७ दशमलव २४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य छ अंकले उकालो लागेर तीन सय ९८ दशमलव १३ बिन्दुमा चढ्न सफल भएको छ ।

धितोपत्र बजारमा आज दुई सय ७९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६८ हजार आठ सय ४२ पटकको कारोबारमा ५४ लाख १७ हजार नौं सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट दुई अर्ब नौं करोड १३ लाख ९० हजार छ सय ३८ रुपैंयाँको सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, उत्पादनमुल, लघुवित्त र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेकाछन् भने फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका आठ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया