राष्ट्रिय सहकारी बैंकको गोष्ठी
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड (एनसीबीएल) को आयोजनामा आगामी असोजमा लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी २०८० हुने भएको छ ।
‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने नारासहित असोज २५ र २६ काठमाडौंमा गोष्ठी हुने भएको बैंकले जनाएको छ । गोष्ठीमा सहकारी संघ/संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरू, सहकारी र सहकारीका सरोकारवाला निकायका प्रतिनिधि र इच्छुक व्यक्ति तथा संघ/संस्थाका प्रतिनिधि गरी पाँच सय जनासम्मको सहभागिता रहने बताइएको छ ।
सहकारी संघ/संस्थाको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु-याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैंकका अध्यक्ष केबी उप्रेतीले बताए । उनका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयमा छलफल हुने बताइएको छ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरी सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठीले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताए ।
बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने बताइएको छ । दुई दिनसम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय/अन्तर्राष्ट्रिय विषय विज्ञको सहजीकरण रहने बैंकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया