Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालिका लघुवित्तले कमायो चार करोड ६२ लाख

कालिका लघुवित्तले कमायो चार करोड ६२ लाख


काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा चार करोड ६२ लाख ४३ हजार दुई सय ८० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा भने संस्थाको यस्तो नाफा १२ करोड ८४ लाख ९५ हजार नौ सय २८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३७ करोड २३ लाख २१ हजार सात सय ३९ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब ३४ करोड ९८ लाख ७० हजार नौ सय ४१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७० करोड तीन लाख ५९ हजार नौं सय ७३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २५ करोड ५० लाख ५५ हजार तीन सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव शून्य छ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले एक अर्ब ४६ करोड ८७ लाख १९ हजार नौ सय ६९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७८ करोड तीन लाख ८६ हजार पाँच सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ४७ लाख ९२ हजार दुई सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य छ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया