Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफा चार करोड ४३ लाख

कर्णाली डेभलपमेन्ट बैंकको खुद मुनाफा चार करोड ४३ लाख


काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० मा चार करोड ४३ लाख १३ हजार चार सय ७४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन करोड ठ९ लाख २९ हजार तीन सय ६० रुपैयाँले ऋणात्मक रहेको थियो ।

हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा चार अर्ब ६० करोड ९२ लाख ८८ हजार ५० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३७ करोड पाँच लाख ३९ हजार तीन सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ४८ लाख ३५ हजार तीन सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७६ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने चार करोड ९३ लाख १७ हजार छ सय २३ रुपैयाँ रहेको छ ।

अघिल्लो आवमा भने बैंकले चार अर्ब ४८ करोड १४ लाख ६४ हजार छ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड १५ लाख तीन हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड तीन लाख ४६ हजार छ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया